सञ्चारकर्मी गीता अधिकारीकाे नयाँ गीत ‘श्वास फेरि’ सार्वजनिक

सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरि…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेन्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा वरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरेलगायतले  शुभकामना मन्तव्य राखेका थिए ।

राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ। गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंहलगायतको अभिनय छ। यमबहादुर चौधरीको छायांकन रहेको भिडियोमा साैखिन तिमिल्सिनाको सम्पादन र सरिता पुरीको शृंगार छ।

यसअघि अधिकारीका आधा दर्जन गीत सार्वजनिक भइसकेका छन्।

साभार : सञ्चारकर्मी गीता अधिकारीकाे नयाँ गीत ‘श्वास फेरि’ सार्वजनिक (nayapatrikadaily.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *