एक वर्षदेखि अवरुद्ध सडक सुचारु गर्दै नेपाली सेना

T

पहिरोका कारण एक वर्षदेखि अवरुद्ध रहेको प्युठान–रोल्पा जोड्ने सुलिचौर–अरेस सडकखण्ड सुचारु गराउन नेपाली सेना परिचालित भएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पा र सुनिल स्मृति गाउँपालिकाको पहलमा उक्त सडक बनाउन सेनाको टोली खटिएको हो।

रोल्पास्थित नेपाली सेनाको बटुक दल गण कात्तिक ७ गतेदेखि उक्त सडकखण्ड निर्माणमा लागेको छ। दैनिक रूपमा ब्लास्टर टोली प्रयोग गरी सडकखण्डमा रहेको अवरोध पन्छाउने काम गरिरहेको नेपाल सेनाले जनाएको छ। सडक खण्डमा ढुंगा र चट्टान भएकोले ब्लास्टिङ गर्नुपरेको हो। सुनिल स्मृति गाउँपालिका वडा नं ४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डमा पहिरो गएपछि रोल्पा र प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणले ओहोरदोहोरमा समस्या खेप्दै आएका छन्।

सडक अवरुद्ध भएपछि यातायात तथा सामान ढुवानीमा कठिनाइ हुने गरेको छ। त्यस्तै, बिरामीलाई उपचार गर्न लैजानसमेत वञ्जित हुँदै आएको गाउँपालिकाले जनाएको छ। पहिरोसहित आएको ठूलो ढुंगाले सो सडक खण्डको करिब २० मिटर भागमा अवरोध गरको छ। उक्त पहिरो तथा ढुंगा हटाई पूर्ण रूपमा सडक सुचारु गर्न केही दिन लाग्ने सेनाले जनाएको छ।

साभार : एक वर्षदेखि अवरुद्ध सडक सुचारु गर्दै नेपाली सेना (nayapatrikadaily.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *